काठमाडाैँ । सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिको बैठकको निर्णयानुसार आज सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ ।
सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिइने बताइएको छ ।

सनराइज बैंक लि. नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त गरि देशभर १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधानकार्यालय रही मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्यक्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।
प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा व्यापक बढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति बढी सबल भई सबै पक्षलाई लाभदायक हुने बैंकले जनाएको छ ।































प्रतिक्रिया