वाशिंगटन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगमा माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ । सिनेटको सुनुवाइमा बहुमत प्राप्त रिपब्लिकन पार्टीले प्रमुख प्रमाण तथा साक्षीलाई रोक्न चाहेको विपक्षी दल डेमोक्र्याट्सले आरोप लगाएको छ ।
डेमोक्र्याट नेता एडम शिफले महाभियोग प्रक्रिया निष्पक्ष नहुने सम्भावना रहेको बताए, ‘अधिकांश अमेरिकी नागरिकलाई लाग्छ कि सुनुवाइ निष्पक्ष हुँदैन। सिनेटले निष्पक्ष रुपमा सुनुवाइ गर्ला भन्ने धेरैलाई लाग्दैन। उनीहरुलाई लाग्छ, परिणाम पहिले नै तय भएको छ।’
रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले जतिसक्दो चाँडो सुनुवाइ सकाउन चाहेको पनि आरोप लगाए। राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसद सुनुवाइको अवधि कम गर्न निरन्तर लागिरहेका छन् । ट्रम्पको कानुनी टिमले यो सुनुवाइ अमेरिकी संविधानसँगको खेलवाड भएको बताएका छन्।
ट्रम्पविरुद्धको महाभियोग अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्स समक्ष भरहेको छ। महाभियोगमाथिको सुनुवाइ हरेक दिन ६ घण्टा र हप्ताको ६ दिन हुनेछ। अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीविरुद्धको महाभियोगको सुनुवाइ कहिलेसम्म जारी रहन्छ भन्ने टुंगो छैन ।
कान्तिपुरबाट































प्रतिक्रिया