काठमाडौं ।
धुलाम्मे कच्ची बाटो। त्यसमा पनि साँघुरो सडक । आधा मिटरको बाटो नकाट्दै खाल्डै खाल्डो परेको । लामो र ठूलो आकारको सवारी आवतजावतमा जामैजाम ।
यो दृश्य हो, राजधानीबाट तीन किलोमिटर पर सुनाकोठी क्षेत्रको । झनै मेलम्ची खानेपानी उपआयोजनाले खानेपानीका लागि त्यही सडक खनेपछिको दृश्य झन् डामाडोल नै छ।
मेलम्चीले खनेको खाल्डो राम्रोसँग नपुरिदिँदा सवारी दिनहुँ खाल्डामा परेका देखिन्छन् । चापागाउँ–लगनखेल रुटको सार्वजनिक बसका चालक सुमन घिमिरेले भने– ‘दिनहुँ गाडी फस्ने र निकाल्नै धेरै समय लाग्ने भएकाले घण्टौं जाम पर्छ।’
जामका कारण ढिला हुँदा कार्यालयमा सधैं स्पष्टीकरण दिनुपरेको लेलेकी सुनिता अधिकारीले गुनासो गरिन् । मेलम्ची उपआयोजनाका आयोजना प्रमुख उज्ज्वल प्रजापतीले भने पाइपका लागि सडक खनिसकेपछि पहिलाकै अवस्थामा राख्ने गरी काम गरेको दाबी गरे ।
प्रदेश सांसद राजकाजी महर्जनले मेलम्चीले सडक खनेपछि समस्या भएको बताउँदै ठेकेदारलाई बारम्बार ताकेता गरेको दाबी गरे । पछिल्ला दिनहरुमा राजधानीमा यस्ता घटना सामान्य जस्तै बन्ने गरेका छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया