राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सबको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५४ जनाले रक्तदान गरेका थिए ।

बैंकको विभिन्न प्रादेशिक कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजिकल चेयर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार बिहान ८ बजे वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

Skip This
Skip This
Logo