राजविराज ।
सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ ।
दुर्घटनामा सोहि गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उनी चढेको को ३६ प ५३०६ नं.को मोटरसाइकलमा अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया