कन्सर्टमा भागदौड हुँदा दुई महिलाको मृत्यु

कन्सर्टमा भागदौड हुँदा दुई महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपाली र्‍यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा २ जनाको मृत्यु भएको छ । सो घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन् ।

भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको कार्यक्रम स्थलको गेटमा भीड हुँदा भागदौड मच्चिएको थियो । भागदौडमा भीडले कुल्चिँदा ३९ वर्षिया विनिता गुरुङ र ४६ वर्षिया अनिता क्षेत्रीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लाउरे गाइसकेपछि एक्कासी कन्सर्टको प्रवेशद्वारा खोलिँदा धेरै मानिस सिँढीमा लडेका थिए । घाइतेमध्ये अमिता सुब्बा र मिक्सम तामाङको गम्भीर अवस्थामा सिलुगढी अस्पतालमा उपचार भैरहेको छ । प्रतिक्षा क्षेत्री, एलिसा राई र परिमा राईको कालेबुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Logo