काठमाडौं ।
यस वर्षको राष्ट्रिय योग दिवस “राष्ट्रिय एकता : योगको सान्दर्भिकता” भन्ने नाराका साथ माघ १ देखि मनाईंदैछ ।
नेपाल सरकारको निर्णय अनुसार योगिक समाज नेपालले पनि यसलाई साथ दिएको छ । संस्थाले शनिबार शान्तिनगरस्थित ॐ शान्ति पार्टी प्यालेसबाट विहान ८ वजेबाट प्रभातफेरी सुरु भई प्रयागमार्ग, शान्तिनगर गेट, खरिबोट, बावुछिरी चोक, ॐ शान्ति चोक, कारेश्वरमार्ग हुँदै पुनः ॐ शान्ति पार्टी प्यालेसमा पुगी सभामा परिणत भएको थियो । सभामा विभिन्न सदस्यहरु एवं क्रियाकलापमा उत्कृष्टलाई प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रममा प्रमुख अतिथि डा हरि प्रसाद लम्सालले योगको जनचेतना अभिवृद्धि गर्न राष्ट्रिय योग दिवसले सकारात्मक भूमिका खेलेको विचार व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि डा.चिन्तामणी योगीले योगका शास्त्र सम्मत सुत्रहरुलाई उजागर गरे । उक्त अवसरमा गायक शिशिर योगीले गीत संगीतको माध्यमबाट योगलाई सहयोग गर्न आफु तल्लिन रहेको विचार व्यक्त गरेका थिए ।
योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले योगबाट मानिसको सर्वाड्डिण विकास गर्न सकिने भएकाले आफू निःशर्त योगमा लागेको भन्दै उपस्थित सवैमा सन्देश गानसहित धन्यवाद व्यक्त गरे । यसै सन्दर्भमा शिशिर योगीको स्वर रहेको म एउटा पाखे गीत पनि सार्वजनिक गरिएको छ ।































प्रतिक्रिया