काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७५ हजार कायम भएको छ । यो मूल्य शुक्रबारको भन्दा २ सयले वढी हो । शुक्रबार ७४ हजार ८ सय कायम भएको सुनको मूल्य आज भने ७५ हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी तोलाको ८९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा पौष २३ गते सुनको मूल्य ७६ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।































प्रतिक्रिया