काँग्रेसले आज सबै जिल्ला प्रशासन कार्यालयहरुमा विरोधपत्र बुझाउने

काँग्रेसले आज सबै जिल्ला प्रशासन कार्यालयहरुमा विरोधपत्र बुझाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले सरकारले जनहित विपरितका निर्णय जबर्जस्ती लागू गराउन खोजेको भन्दै त्यसको विरोधस्वरुप आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा विरोध पत्र बुझाउँदै छ ।

नेपाली काँग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार विहान ११ः३० बजे सबै जिल्ला सदरमुकामहरुमा भेला भई बिरोध र्‍याली सहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने काँग्रेसले कार्यक्रम बनाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय र निर्देशन अनुसार वर्तमान सरकारले गरेको ज्यादति बिरुद्ध बिरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको आचार्यले बताए ।

काँग्रेसले विरोध गर्न लागेका मध्ये सरकारको नेपाल बिशेष सेवा गठन बिधेयकविरुद्ध , सूचना प्रविधि विधेयक बिरूद्ध, संविधान प्रदत्त नागरिक अधिकार हनन् बिरूद्ध, अभिव्यक्ति स्वतन्त्रताको हत्या बिरूद्ध तथा सामाजिक सञ्जालमा लेखे बापत जन्मकैद जेल र १५ लाख जरिवाना बिरूद्ध लगायत छन् । उल्लेखित विधेयकहरुको काँग्रेसले सुरुदेखि नै विरोध गर्दै आएको छ ।

Skip This
Skip This
Logo