काभ्रेको मण्डनभेगका शिक्षासेवी पीताम्बर नेपालको निधन

काभ्रेको मण्डनभेगका शिक्षासेवी पीताम्बर नेपालको निधन

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी
    काठमाडौं ।

काभ्रे जिल्लाको मण्डनभेगका शिक्षासेवी एवं समाजसेवी पीताम्बर उपाध्याय नेपालको गएराती निधन भएको छ । उनको नागरिक अस्पताल बानेश्वरमा उपचारकै क्रममा निधन भएको हो । ८७ वर्षिय नेपालको हृदयाघातका कारण निधन भएको उनका छोरा अग्नी नेपालले जानकारी दिए । उनको आज विहान ३ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । काभ्रेको मण्डनदेउपुर नपा १० उनको जन्मस्थान भएपनि पछि पाँचखाल हुँदै हाल गठ्ठाघरमा बस्दै आएका थिए ।

बहुआयामिक व्यक्तित्वका धनी पीताम्बर नेपाल काभ्रे जिल्लाको मण्डनभेगका हरेकजसो क्षेत्रमा परिचित रहँदै आएका थिए । उनले यसभेगको शैक्षिक, कृषि र सिंचाई, सहकारी, सडकयातायात, राजनिती , धार्मिक तथा सामाजिक लगायतका क्षेत्रहरुमा अविष्मरणिय योगदान दिएका छन् ।

यसका साथै वि.सं. २०४८ सालको आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) बाट तत्कालिन काभ्रे क्षेत्र नं. ४ बाट उनी प्रतिनिधीसभाका लागि उमेद्वार बनेका थिए ।

उनको जीवनीमा आधारित पुस्तक अथकसेवा ०७१ साल चैतमा विमोचन गरिएको थियो । त्यसमा काभ्रे जिल्लाका साथै समग्र नेपालको तत्कालिन परिस्थिती उतारिएको थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री प्रदिप नेपाल तथा साहित्यकार स्व.वसन्तकुमार शर्मा नेपालले उक्त पुस्तक विमोचन गरेका थिए ।

कृतिमा जिल्लाका मात्र नभएर राष्ट्रिय तहमा रहेका थुप्रै व्यक्तित्वहरुले पीताम्बर नेपालको योगदानबारे उल्लेख गरिएको छ । उनको निधनले काभ्रे जिल्लाले मात्र नभएर देशले नै एउटा होनहार योद्धा गुमाएको छ ।

Skip This
Skip This
Logo