मनाङ र थ्रीस्टारले अंक बाँडे

मनाङ र थ्रीस्टारले अंक बाँडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टारको खेल २-२ को बराबरीमा सकिएको छ ।

१९‌ औ‍ं मिनेटमा डेब्यु गरिरहेका भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गाेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पुजन उपरकाेटीले ह्यान्ड गरेपछि बक्सबाहिर प्राप्त फ्रिकिकमा लालरम्मावियाले सुन्दर गाेल गर्न सफल भएका थिए ।

४९औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । अशाेक खवासले पेनाल्टी बक्समा अन्जनलाई लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन आफैंले गाेल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गाेल गर्दै मनाङलाई खेलमा २-१ काे अग्रता दिलाए । कप्तान कमल श्रेष्ठकाे फ्रिकिकमा अन्जनकाे हेडर पाेस्टमा लाग्दै गाेलमा परिणत भएकाे थियाे । ८४ औं मिनेटमा लालरम्मावियाले गाेल गर्दै खेललाई २-२ गाेलकाे बराबरीमा ल्याए ।

यस बराबरीसँगै मनाङले ७ खेलमा १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । थ्रीस्टार भने ७ खेलमा ११ अंकसाथ चौथो स्थानमा छ ।

Skip This
Skip This
Logo