काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले यसै साता २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले मंगलबारदेखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १२, खनार र शुक्रबारदेखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउन्टर सुरु गरेको जानकारी दिएको छ ।
सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउन्टर सुरु गरिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउन्टर र २४९ शाखारहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।





























प्रतिक्रिया