महिनावारी भएकाे बेला घर नजिककाे बाटो हिंडेकाे भन्दै दुई महिला कुटिए

महिनावारी भएकाे बेला घर नजिककाे बाटो हिंडेकाे भन्दै दुई महिला कुटिए

केन्द्रबिन्दु
0
Shares

कन्चनपुर:  कञ्चनपुरमा महिनाबारी भएको बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई जना महिलामाथि कुटपिट भएकाे छ ।

महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको निहुँमा बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका दलबहादुर शाहले शुक्रबार छिमेकी गीता खड्का र ईश्वरी खडकालाई कुटपिट गरेकाे पीडितले जनाएका छन् । पीडित खड्का परिवारले महिनावारी भएका् बेला आफ्नो घरको बाटो हिँडेर भैंसीले दुध दिन छाडेको आरोपमा कुटपिट गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षाक नरेन्द्र चन्दका अनुसार कुटपिट गर्नेलाई नियनत्रणमा लिइ अनुसन्धान थालिएकाे छ भने बिरामी दुवै जनाकाे उपचार सेती अन्चल अस्पतालमा उपचार भइरहेकाे छ । जिल्ला अस्पतालले रिफर गरेपछि सेती अन्चल असपतालमा उपचारकाे लागि लगिएकाे हाे ।

घटनाकाे बारेमा अनुसन्धानकाे क्रममा रहेकाे प्रहरीले जनाइरहदा घटनाको चौतर्फि बिरोध भइरहेको छ । स्थानीय र महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कारबाहीको माग अघि सारेका छन् ।

Skip This
Skip This
Logo