पाकिस्तानमा क्रिस्चियनको पक्षमा आन्दोलन गर्ने ८६ नेतालाई ५५ वर्षको जेल

पाकिस्तानमा क्रिस्चियनको पक्षमा आन्दोलन गर्ने ८६ नेतालाई ५५ वर्षको जेल

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद ।

पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले सजाय सुनाएको छ । रावलपिण्डीको गारिसन सहरस्थित अदालतले उनीहरुमध्ये हरेकलाई ५५ वर्षको जेल सजाय सुनाएको हो ।

तेहरिक ए लब्बइक या रासूल अल्लाह (टिएलवाईआरए) पार्टीका अभियन्ताहरुविरुद्ध अदालतले यस्तो फैसला सुनाएको हो । हिंसात्मक प्रदर्शनमा सहभागी भएपछि उनीहरु २०१८ को नोभेम्बरमा पक्राउ परेका थिए ।

त्यसबेला उनीहरु सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शनमा सहभागी भएका थिए । क्रिस्चियन महिला आसिआ बिबीलाई २००९ मा धर्म तथा ईश्वरनिन्दा गरेको अभियोगमा मृत्युदण्ड दिइएको थियो ।

तर सर्वोच्च अदालतको उक्त फैसलाको विरोध गर्दै खदिम हुसेन रिज्दी नेतृत्वको टिएलआरवाईए पार्टीका अभियन्ताहरुले विशाल प्रदर्शन गरेका थिए । उनीहरुले सडक अवरुद्ध पार्नुका साथै हिंसात्मक प्रदर्शन गरेका थिए । इथान वाली गाउँकी क्रिस्चियन महिला बिबीमाथि मुस्लिम धर्मको अपमान गरेको र दुई मुस्लिम महिलालाई ईश्वरनिन्दा गरी भड्काएको आरोप थियो ।
एजेन्सी

Skip This
Skip This
Logo