र‌ंगशाला निर्माण सहयोगार्थ महायज्ञबाट ५० कराेड संकलन गर्ने लक्ष्य

र‌ंगशाला निर्माण सहयोगार्थ महायज्ञबाट ५० कराेड संकलन गर्ने लक्ष्य

केन्द्रबिन्दु
0
Shares

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ बृहत धनधान्याचल महायज्ञका लागि १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति घोषणा गरिएको छ ।

आज बिहीबार रंगशाला निर्माणस्थल रामपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समितिको घोषणा गरेकी हुन् । समितिकाे स‌योजकमा प्रदेशसभा सदस्य बिजय सुवेदी, सह–संयोजकमा प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ रहेका छन् । उपसंयोजकमा चितवनका ७ पालिका र गैडाकोट नगरपालिका प्रमुख, भरतपुर महानगरपालिका उपप्रमुख, जिल्ला समन्वय समिति उपप्रमुख, राजु श्रेष्ठ, भेषराज दुवाडी, दिर्घमान श्रेष्ठ, राजन गौतम, बेल बहादुर गुरुङ र दिनेश राठी रहेका छन् ।

समितिको महासचिवमा दिनेशकुमार चुके, उपमहासचिवमा राजु पौडेल, चुननारायण श्रेष्ठ, आरसी अधिकारी, रामबाबु ढकाल र कोषाध्यक्षमा शंकर कंडेल रहेका छन । समितिमा जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, खेलाडी, संघसंस्था लगाएतका सबै सरोकारवालाई समावेश गरिएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै धनधान्यान्चल गर्न लागिएको प्रदेशसभा सदस्य तथा संयोजक विजय सुवेदीले जानकारी दिए ।

धनधान्यान्चलको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहने छन् । महायज्ञबाट ५० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उद्घाटन गराउने योजना रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिए ।

Skip This
Skip This
Logo