नेकपा अध्यक्षद्वय बीचकाे बैठकमा सभामुख चयनबारे टुंगो लागेन

नेकपा अध्यक्षद्वय बीचकाे बैठकमा सभामुख चयनबारे टुंगो लागेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच करीब २ घन्टा विवित्ध विषयमा टलफल भएकाे छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालका अनुसार दुई अध्यक्षबीचको भेटवार्ता सकिए पनि  सभामुख चयनबारे टुंगो लाग्न सकेन ।

नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएपछि  दुई अध्यक्षबीच आइतवार यता आज छलफल भएपनि छलफल मै सिमित भएकाे बुझिएकाे छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपा सचिवालय बैठकले शनिवार गरेको निर्णयपछि आइतवार दुई अध्यक्षसहित उपसभामुख तुम्बाहाङ्फेको बैठक बालुवाटारमा बसेको थियो । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी थिइन् ।

 

Logo