मणिपाल अस्पतालमा चम्ल्याहा बच्चा जन्मिए

मणिपाल अस्पतालमा चम्ल्याहा बच्चा जन्मिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी छन्। पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालका डा‍. महेन्द्र पाण्डेले बताए ।

डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । डा. पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।

सुनीताको यो दोस्रो गर्भ हाे । उनको ५ वर्षीय एक छोरा छन् । गत आइतबार उनी प्रसूतिका लागि मणिपाल अस्पतालमा भर्ना भएकी थिइन् ।

Logo