अर्थमन्त्रीलाई के भने गाडी व्यवसायीहरुले ?

अर्थमन्त्रीलाई के भने गाडी व्यवसायीहरुले ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरूले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा पुगेर अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का पदाधिकारीहरूले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट गरी पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन् । अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको, बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराएको बताए । अध्यक्ष दुलालले अर्थमन्त्री खतिवडाले आफूहरूलाई बैंक कर्जाको विषयमा सुधार गर्ने तथा भन्सार दरमा समेत केही कम गर्न सकिने र दुई चार दिनमै त्यसको समाधान गर्ने आश्वासन समेत दिएको बताए ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको पचास प्रतिशतभन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्र प्रभावित भएको छ । व्यवसायीहरूले सोही कारण २० प्रतिशतले व्यापार घटेको बताएका छन् ।

Skip This
Skip This
Logo