काठमाडौँ । नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
जसअनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेबसाइटलाई होम पेजको रूपमा प्रयोग गरिने बताइएको छ ।
नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ भने सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिने जनाइएको छ ।
यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइने भएको छ ।
सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।































प्रतिक्रिया