काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गरेका छन् । पत्नी सीता दाहाललाई थप उपचार गर्न उनी आज भारतको मुम्बई गएका हुन् । उनी बिहान ११ बजेको उडानबाट मुम्बई गएको बताइएको छ ।
अध्यक्ष प्रचण्ड दम्पतीसँग उनकी छोरी गंगा दाहाल पनि सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित सीता दाहाल केही दिनदेखि पुनः विरामी भएकी थिइन् ।
उनलाई भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज थप उपचारका लागि मुम्बई लगिएको हो ।































प्रतिक्रिया