जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा

जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्दा पैदलयात्रुको मृत्यु हुन थालेपछि दुर्घटनालाई घटाउन ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना नगरी बाटो काट्ने पैदलयात्रुलाई २० मिनेटको कक्षा सञ्चालन गरिएको जानकारी दिए । “सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउँछौँ, यात्रुको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका छौँ,”–उनले भने ।

सोमबार वीर अस्पतालबाट शुरु गरेको अभियान उपत्यकाका सबै स्थानमा लैजाने महाशाखाले जनाएको छ । महाशाखाले हिजोमात्रै एक हजार पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ लिएको थियो । चालू आर्थिक वर्षमा उपत्यकामा मृत्यु भएका ७६ व्यक्तिमध्ये ३२ जना पैदलयात्रु रहेका थिए ।
रासस

Logo