माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै

माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२ औँ भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, ०७६ प्रचारप्रसार उपसमितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मूल कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिने जानकारी दिइयो ।

मूल समारोहको कार्यक्रम अन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवटा ¥याली हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । पहिलो ¥याली लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबारक्षेत्रमा पुग्नेछ ।

यसैगरी दोस्रो ¥याली भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूलसमारोहको कार्यक्रममा सहभागी हुनेछ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रमको आयोजना गरी चेतना जगाइने जनाइएको छ ।
रासस

Skip This
Skip This
Logo