एक वर्षमा २५६ अधिकृतविरुद्ध विशेष अदालतमा मुद्धा

एक वर्षमा २५६ अधिकृतविरुद्ध विशेष अदालतमा मुद्धा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ को कार्यप्रगति राष्ट्रपतिलाई बुझाएको छ। प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहकाबीच पेश गरेका हुन् ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५/०७६ भित्र  विशेष अदालतमा दायर भएका ३५१ वटा मुद्दामा जम्मा ८९४ जनालाई प्रतिवादी बनाई रु. ४,०५,३७,६३,८८८।६५ (चार अर्ब पाँच करोड सैँतिस लाख त्रिसठ्ठी हजार आठसय अठासी रुपैयाँ र पैसा पैसठ्ठी) बिगो मागदाबी लिइएको छ । प्रतिवादी ८९४ जनामध्ये अधिकृत कर्मचारी २५६ जना, सहायक/सहयोगी कर्मचारी ३८४ जना, निर्वाचित/मनोनित पदाधिकारी ९५ जना र मतियार/बिचौलिया/अन्य १५९ जना रहेका छन् ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकमार काेइरालाका अनुसार सेवाग्राहीहरूको घुस रिसवतसम्बन्धी उजुरीका आधारमा गरिएका १४७ वटा रङ्गेहात कारबाहीहरूमा विशिष्ट श्रेणीका देखि सहायकस्तरसम्मका १७४ जना राष्ट्रसेवक कर्मचारी, ७ जना निर्वाचित एवं मनोनित पदाधिकारी तथा २९ जना बिचौलिया तथा मतियार लगायत गरी जम्मा २१० व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको छ ।

Skip This
Skip This
Logo