झापा: झापकाे बाह्रदर्शी गाउँपालिका-३ स्थित राजगढ बजारमा सोही गाउँपालिका-४ चकचकी बस्ने स्थानिय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ गरिएकाे १ नम्बर प्रहरी कार्यालयका सूचना अधिकारी शेखर काेइरालाले जानकारी दिए ।
आज दिउँसो गौरीगंञ्ज गाउँपालिका-१ बस्ने वर्ष २८ को पर्शुराम महत्तो र सोही गाउँपालिका-३ बस्ने वर्ष २० को जिवन दासले आफूहरू १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबि प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेका थिए ।
घटनाबारेमा स्थानीयलाई शंका लागेपछि ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्याएको छ भने घटनाबारेमा थप अनुसन्धान कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया