भन्सार छली ल्याइएका ७५ थान मोबाइल बरामद

भन्सार छली ल्याइएका ७५ थान मोबाइल बरामद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रहरीले भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ७५ थान मोबाइल सेट बरामद गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइ ल्याएको अवस्थामा ती मोबाइल बरामद गरिएको हो ।

बरामद मोबाइल मध्ये एप्पल कम्पनीका मोबाइल २ थान, ओप्पो कम्पनीका मोबाइल २२, भिभो कम्पनीका ३६, सामसुङ मोबाइल २ थान तथा अन्य मोडलका मोबाइल १३ थान गरी जम्मा ७५ थान रहेका छन् । ती मोबाइलहरुको कुनै बिल भर्पाइ नभएको अवस्थामा बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

Logo