लण्डन ।
बेलायती रानी एलिजावेथले नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघनलाई आपतकालिन छलफलका लागि भन्दै बोलाएकी छिन् । राजदरबारको जिम्मेवारी त्याग्दै बेलायत छाड्ने घोषणा गरेका ह्यारीलाई भविष्यको बन्दोबस्ती कसरी गर्ने भन्नेबारे छलफल गर्न बोलाइएको बताइन्छ ।
ह्यारी दम्पती छोरा आर्चीलाई लिएर क्यानडामा बिदा मनाउन गएपछि रानी एलिजावेथले अचानक बोलाएकी हुन् । स्थानीय मिडियाका अनुसार ह्यारीले राजदरबार छाड्नु अघि दरबारका कसैसँग पनि सल्लाह लिएका थिएनन् ।
पछिल्लो समय ह्यारी र मेघन दरबारबाट भावनात्मक रुपमा पनि टाढिएको टिप्पणी हुन थालेको छ । उनीहरुले केही महिना अघि दरबार र मिडियाबाट दिक्क भएको भन्दै प्रतिक्रिया दिएका थिए
अन्नपूर्णबाट































प्रतिक्रिया