नेप्सेमा उच्च अंकको वृद्धिदेखि प्रदेश नं. ३ को नाम र राजधानीको टुंगोसम्म (भिडियोसहित)

नेप्सेमा उच्च अंकको वृद्धिदेखि प्रदेश नं. ३ को नाम र राजधानीको टुंगोसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये आइतबार ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ । सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ ।

यस्तै प्रदेश नम्बर ३ को नाम बागमती र स्थायी राजधानी हेटौडा कायम भएको छ । प्रदेशसभामा भएको मतदानमा बागमती नाममा प्रदेश सभाको १ सय ८ मत परेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को नाम बागमती पारित भएको घोषणा गरेका हुन् ।

उता मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ झरेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो ।

यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार गत शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश नं ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी भएका हुन् । थप समाचार हेरौं यो भिडियोमा :

Logo