सनराइज बैंकले ल्यायो बचत खातामा मुद्दतीसरह व्याज दिने योजना

सनराइज बैंकले ल्यायो बचत खातामा मुद्दतीसरह व्याज दिने योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सनराइज बैंकले सनराइज रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी नै रकम जम्मा गर्दै जान सकिने र व्याज पनि मुद्दती खाता सरह नै पाइने बैंकले बताएको छ । एकदेखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रूपमा रकम जम्मा गर्न सकिने बताइएको छ ।

खाता खोल्दा न्यूनतम एक हजार रुपैयाँ र त्यसपछि एक पटकमा न्यूनतम ५ सय वा ५ सय रुपैयाँको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रूपमा मुद्दती खातामा जम्मा हुदै यस खातामा मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

पूर्व निर्धारितभन्दा बढी रकम ग्राहकको अनुकुलताअनुुसार पटक पटक गरी जम्मा गर्न सकिने, त्रैमासिक रूपमा मुद्दती खाता सरहको उच्च व्याज प्राप्त हुने तथा आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था यो योजनाको विशेषता भएको बैंकले जनाएको छ ।

खातामा फ्लोटिङ्ग व्याजदर लागू गरिएका हुँदा बजारको उतारचढाव अनुसार व्याज प्राप्त हुने तथा हाल बैंकले मुद्दती खातामा ९.२५% मा थप ०.५ % व्याज प्रदान गर्दै आएको बताइएको छ ।

Skip This
Skip This
Logo