नेपाललाई गाली गर्ने देशभक्त नहुने चर्चादेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरकाे गहनासम्म (भिडियोसहित)

नेपाललाई गाली गर्ने देशभक्त नहुने चर्चादेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरकाे गहनासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आज हामीले ओमानका सुल्तान काबुसको निधन भएको कुरालाई बुलेटिनमा सकेटेका छाै‌ं । उत्तराधिकारी बिहिन रहेका काबुसको ७९ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि श्रद्धान्जली व्यक्त गरेका छन् ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको बारेमा सरोकारवालाहरुबीच छलफल भएको छ । छलफलको क्रममा सरोकारवालाहरुले सामाजिक सञ्जालको जस्तो विवाद नहुने तर्क गरेका छन् ।  नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ । शनिबारबाट सुरु भएको दुई दिने एक्स्पोमा नेपाली गहनालाई अन्तर्राष्ट्रिस्तरमा पु¥याउने लक्ष्यसहित सुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले विदेशीका अगाडि नेपाललाई गाली नगर्न आग्रह गरेका छन् । शनिबार शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विदेशीका अगाडि नेपालको बखान गर्नुपर्ने बताएका हुन् । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । सरकारले प्रतिवन्ध लगाएसँगै विप्लव समूह अहिले भूमिगत अवस्थामा छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की आज सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । कार्कीलाई पार्टी प्रवेश गराउँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवलाई नृकपामा आउन आग्रह गरेका छन्

प्रस्तुत छ, आजको दिनभरको खबरसहितको केन्द्रबिन्दु टप ५ बुलेटिन।

Logo