काठमाडौं ,
काठमाडौंमा रहेको जेनिथ युथ ग्रुप पछिल्ला दिनहरुमा समाजसेवामा सक्रिय रहँदै आएको छ ।
गएको तिहारमा यस ग्रुपले देउसी भैली खेलेर उठेको रकमबाट अनाथ र बालबालिकाहरुलाई सहयोग गरेको थियो । अहिले यस ग्रुपले सरकारको नेपाल भ्रमणवर्ष २०२० को अभियानलाई सहयोग पुर्याउन भिजिट नेपालको लोगो अंकित स्टिकरहरु टाँस्ने अभियान चलाएको छ । अवधिभर २५ हजार स्टिकर टाँसि सक्ने अध्यक्ष मिलन नेपालले जानकारी दिए ।
यस्तै अभियान अन्तर्गत नै यस समुहले भिजिट नेपालकै लोगो अंकित टि-सर्टहरुको पनि विक्री वितरण गरिरहेको ग्रुपका सदस्य विकास खतिवडाले बताए । एकवर्ष भरिमा करिव १ लाख टिसर्ट वितरणको लक्ष्य रहेको र चाँडै नै नेपालभरि पुर्याउने पनि उनले बताए । आन्तरिक र बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने ग्रुपले जनाएको छ । यसका साथै आगामी दिनहरुमा समाजसेवाका अन्य कार्यक्रमहरु पनि संचालन गरिने अध्यक्ष नेपालले बताए ।































प्रतिक्रिया