काठमाडौं । चलचित्र संघको एकल निर्णयमा फिल्म हल खुला गरेकाे एक सातापछि कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय समिति (सीसीएमसी) ले हल खुला गर्ने निर्णय गरेको छ।
समितिको आइतवार बसेको बैठकले आवश्यक परेको अवस्थामा फेरि बन्द गर्न सकिने अधिकारसहित हल खुला गर्ने निर्णय गरेको हो। हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभएको खण्डमा कारबाही गर्ने निर्णय भएको सीसीएमसीले जनाएकाे छ ।
सबै क्षेत्र खुलिसक्दा पनि आफूहरुलाई सरकारले हल खोल्न नदिएको भन्दै नेपाल चलचित्र संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल खुला भइसकेकाे छ ।





























प्रतिक्रिया