४ लाख १३ हजार नक्कली नोटसहित ४ जना पक्राउ

४ लाख १३ हजार नक्कली नोटसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रहरीले आज नक्कली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ७ का कमल बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका १३ बस्ने बल बहादुर राना मगर, डोटी पूर्वी चौकी ३ का आर्यान खड्का र धनकुटा छत्र जोरपटी ३ का छत्र बहादुर लिम्बु रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित बुधबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ हजार दरका ४ सय १३ थान नक्कली नोट बरामद गरेको छ ।

यस्तै, उनीहरुको साथबाट १ हजार दरको नोटको ए४ साइजको पेपरमा ४ वटा अट्ने गरी पछाडिको भागको रंगीन फोटोकपी गरेको ३५ थान पेपर, रंगीन फोटोकपी मेसिन र गोल किस्ट कम्पनीको सीपीयू समेत फेला परेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo