१०५ किलो गाँजासहित ७ जना पक्राउ

१०५ किलो गाँजासहित ७ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

लागूऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा पर्सा वीरगञ्जबाट खटिएको संयुक्त प्रहरीले वीरगञ्ज महानगरपालिका-२१ लालबाट १०५ किलो अवैध लागूऔषध गाँजासहित ७ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ बस्ने ३७ वर्षीय निरज लामा, चितवन राप्‍ती नगरपालिका-२ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका-३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।

लागूऔषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको उक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना.४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Logo