चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप (भिडियोसहित)

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका हुन् । उनले मंसिर १५ गते मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिएपछि द्वारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुस माग गरेको आरोप लगाए । उनले उक्त रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेको सम्बन्धन २० करोड रुपैयाँ पाए मात्र दिने प्रस्ताव गरेको आरोप लगाए ।

कार्यकारी निर्देशक प्रसाईंले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको समेत बताए ।

चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रक्रिया अगाडी बढाउन दिइएको निवेदन कार्यकारी उपाध्यक्षकै कारण दर्ता हुन नसकेको बताए । उनले आफूलाई मेडिकल माफियाको रुपमा प्रचार गरिएको भन्दै अब वास्तविक माफिया देखाउन आफू तयार रहेको बताए ।

यसैवीच चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफूले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौति दिएका छन् । उपाध्यक्ष गिरीले समेत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् । उनले आफुनो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताए ।

उपाध्यक्ष गिरीले विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दावी गरे । हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo