सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प सुरू

सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प सुरू

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही पुस २३ देखि २५ गतेसम्म विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गरेकाे छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरू पाउने सुजुकीले जनाएकाे छ ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विलए लाइनमेन्टमा १० प्रतिशत छुट पाउने बताइएकाे छ ।

सुजुकीको विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेकाे कम्पनीकाे दाबी छ ।

Skip This
Skip This
Logo