महासमिति सदस्यको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

महासमिति सदस्यको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले मंगलबार एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

महासमिति सदस्य रायको मंगलबार बर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको हो । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गङ्गोत्री यातायातको बस ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो । स्व रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक कुशल सङ्गठन कर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ निवासी स्व राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं ४ बाट काँग्रेसको उम्मेदवार थिए । वि.सं ०३६ देखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उनले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका छन् । प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उनले करिब तीन वर्ष जेल जीवनसमेत बिताएका थिए ।

उक्त दुर्घटनामा काँग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेता जयप्रकाश चौधरी समेत गम्भीर घाइते भएको काँग्रेसले जनाएको छ । घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सभापति देउवाले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
रासस

Skip This
Skip This
Logo