सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बुढिचौर पर्यटकिय क्षेत्रको अध्ययन शुरु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बुढिचौर पर्यटकिय क्षेत्रको अध्ययन शुरु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ९ र १० (साबिक भोटसिपा गाविस) को बुढिचौर पर्यटकिय क्षेत्र बिकास कार्यक्रमको अध्ययन अन्तिम चरणमा पुगेको छ । प्रदेश नं.३ वन पर्यटन तथा उद्योग मन्त्रलाय अन्तर्गतबाट चालु आर्थिकवर्षमा यस योजनाका लागि २ करोड ५० लाख विनियोजिन गरिएको छ ।

लक्षित काम सुरु गर्नका लागि सम्बन्धित मन्त्रलायका योजना प्रमुख शिव सापकोटा, प्राविधिक, ईन्जिनियर, नवलपुर इलाका वन कार्यालय प्रमुख पन्नलाल चौरासिया तथा नेकपा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष झम्क नेपाल लगायतले बुढीचौरको निरिक्षण गरेका छन् ।

साथै सो आयोजनाको काम तत्काल सुरु गर्ने र निर्धारित समय अवधि भित्रमा नै योजनाको काम सम्पन्न गर्नु पर्ने निर्देशन पनि दिइएको छ । उपस्थितहरुले बुढीचौरलाई पर्यटन विकाश गर्नको लागि सहयोग गर्ने सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, सम्बन्धित मन्त्रालयका पर्यटन मन्त्रि अरुण नेपाल र प्रदेश न ३ का सामाजिक मन्त्रि युवराज दुलाललाई बुढीचौर पर्यटकिय क्षेत्र विकास समितिका तर्फबाट र क्षेत्र विकास समितिका अध्यक्ष लायुर लामाका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।

Skip This
Skip This
Logo