बिर्तामोड ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को झापा जिल्ला कार्यसमिति गठन भएको छ । इक्यानको केन्द्रीय समितिले सोमबार बिर्तामोडमा सञ्चालकहरुको भेला गरि जिल्ला नेतृत्व चयन गरेको हो ।
झापाको नवगठित जिल्ला कार्य समितिको अध्यक्षमा बोस्टन एजुकेशनका सुमन शर्मा जमरकट्टेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा मिलन ओली, सचिवमा ओएसिस एजुकेशन फाउण्डेसनका मदन बुढाथोकी र कोषाध्यक्षमा फास्ट ट्रयाक एजुकेशनका राजकुमार कार्की चयन भएका छन् ।
समितिका अन्य सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविनकुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् ।
नवगठित पदाधिकारी एवं सदस्यहरुलाई इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, महासचिव शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायतले सफलतताको शुभकामना दिएका थिए ।
विदेश गएर अध्ययन गर्न चाहने नेपालीहरुलाई उचित परामर्श दिने उद्देश्यले खोलिएका शैक्षिक परामर्शदातृ संस्थाहरुको संगठनले जिल्लास्तरमा पनि आफ्नो शाखा सञ्चालन गर्दै आएका छन् ।
नेपालमा २३ वर्षदेखि सञ्चालित इक्यानले विदेशी सहयोग लिएर शैक्षिक परामर्श सेवा प्रदान गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएको छ ।































प्रतिक्रिया