काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ५ सन्तपुर दोस्तियामा पौष १८ गतेबाट १०३ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।
फ्mतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवी महतोले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेकी थिइन् । सो स्थानमा सेवा संचालनका लागि स्थानिय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया