काठमाडौं ।
फुडमाण्डु अनलाइन फुड फेस्टिवल आजदेखि शुरु हुँदैछ । वर्षकै बहुप्रतिक्षित यो फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेम्सको अनुभव प्रदान गर्नेछ । र यस पटक नेपालको फुड डेलिभरी जायन्टले आफ्नो गेमलाई अपग्रेड गरेको छ ।
फुडमाण्डुले नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर शुरुवात गर्दैछ, जसमा ग्राहकहरुले मोबाइल एपमार्फत सजिलै प्रवेश गर्न सक्नेछन् । प्रवेशपछि उनीहरुले त्यहाँ र उनीहरुको छिमेकमा भर्चुअल भौचरहरु खोज्नु पर्नेछ र त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ ।
शहरभरीका ३० रेष्टुरेन्टहरुले यो ७ दिने कार्निभलमा ग्राहकहरुलाई विभिन्न किसिमका प्रशन्न पार्ने पाककला प्रदर्शन गरिनेछ । कन्टिनेन्टलदेखि एशियन, भारतीयदेखि नेपाली, विश्वभरका व्यन्जनहरु उच्च छुटहरुमा अफर गर्नेछन् ।
अझ यस मध्ये पनि सबैले चाहेको रु.१ अफर फेरी एक पटक आएको छ, जसका साथमा फ्ल्याश डिल्सजस्ता लोकप्रिय अफरहरु छन् । यो अफरहरु दैनिक तीनपटक लाइभ हुनेछन् भने मिस्ट्रि ब्याग(एउटा पूर्ण ह्याम्पर जसमा खानेकुरा र फ्रिबिज हुनेछन्), र अनलाइन गेमहरु समेत रहेका छन् ।































प्रतिक्रिया