काठमाडौं । अल्फा बिटाले आगामी शुक्रबार नयाँ बानेश्वोरस्थित आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । मेलाबिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म सन्चालन हुनेछ । अष्ट्रेलियामा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचनादिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फाबिटाका प्रेसिडेन्ट तथा सि.इ.ओ. द्धिराज शर्माले बताए ।
मेलामा अष्ट्रेलियाका २० वटा उत्कृष्ट विश्व विद्यालय तथा कलेजहरुको सहभागिता जनाउने छन् । मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदुत पिटरबडले गर्नेछन् । सहभागी विद्यार्थीले उक्त दिन अल्फा बिटाले उपलब्ध गराउने सेवाहरु आइइएलटिएस तथा पिटिइ तयारी कक्षामा ५० प्रतिशत छुट पाउने ब्यवस्था गरिनुका साथै प्रत्येक घण्टा लक्की विनर घोषणा गरिनेछ । मेलामा एक हजार पाँच सय देखि दुइहजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।
अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३ सयभन्दा बढी उत्कृष्ट विश्व विद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । उसले निरन्तररुपमा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरे बापत बिभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ । सन २०१७, २०१८, तथा २०१९ मा आइडिपि आइइएलटिएसको नम्बर १ बिजनेस पार्टनर प्राप्त गर्नुका साथै पियरसनद्वारा Certificate of Appreciation बाट पनि सम्मानित भैसकेका छन् ।































प्रतिक्रिया