प्रेसिडेन्ट कप जुनियर ईन्टरनेशनल ब्याडमिन्टन हुँदै

प्रेसिडेन्ट कप जुनियर ईन्टरनेशनल ब्याडमिन्टन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिज २०२० पौष २३ गतेबाट काठमाडौ‌ंमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आयो हुने सिरिजमा यु – १९ तर्फ पुरुष तथा महिला एकल तथा युगल र मिश्रीत युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।

विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त सिरजमा पुरुष एकलमा १५, पुरुष युगलमा १४ जोडी, महिला एकलमा १२, महिला युगलमा ८ जोडी र मिश्रीत युगल तर्फ १६ जोडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता रेफ्री किरण कारञ्जितले जानकारी दिएका छन् ।

सिरजमा नेपाल लगायत युएस, मलेसिया, भारत, श्रीलङ्का र बंगलादेशको सहभागिता रहने समेत अध्यक्ष श्रेष्ठले बताए ।

 

Logo