मलद्वारमा लुकाएर ल्याएको सुन र हिरासहित विदेशी नागरिक पक्राउ

मलद्वारमा लुकाएर ल्याएको सुन र हिरासहित विदेशी नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मलद्वारमा लुकाएर ल्याएको सुन र हिरासहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनीहरु आइतबार पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले पाँच सय ग्राम सुन र एक सय ग्राम हिरा बरामद गरेको छ । सारजाबाट एयर अरेबियामा नेपाल आएका कोत्ताकुथ किजाकेथिल नौशद र मलेसियाबाट आएका मोहम्मद मेदिन सथाली पक्राउ परेका हुन् । भन्सार एरिया कटिसकेपछि चेकजाँच गर्दा शंकास्पद वस्तु बोकेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर सुन र हिरा निकालिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo