राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको सम्मान तथा बिदाइ कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको सम्मान तथा बिदाइ कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको स्थापना, विकास, विस्तार तथा गरिमा बृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई कर्मचारी संघले एक समारोहका बीच दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरेकोे छ ।

पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदीले गरेका थिए । कार्यक्रममा विभिन्न विषयका विद्वानहरुको लेख समेटिएको संघको मुखपत्र लक्ष्ययात्रा २०७६ को विमोचन समेत गरिएको थियो । कार्यक्रममा पेशागत हक, हित तथा संस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, पूर्व अध्यक्षहरु वेदबहादुर लावती, शिबकुमार अधिकारी, महेशराज खरेल, पूर्व उपाध्यक्ष रोहित रेग्मी, पूर्व सचिव सुमित्रा बिसीले मन्तब्य ब्यक्त गरेका थिए ।

Skip This
Skip This
Logo