विदुर । एकीकरण मार्ग पदयात्रा कार्यक्रमअन्तर्गत देवीदत्त गण नेपाली सेनाले गोरखाबाट पुस १८ गते शुरु गरेको पदयात्रा आज बिहान नुवाकोट र धादिङको सिमाना भर्याङभुरुङ आइपुगेको छ । सो गणले जबरजङ्ग गणलाई पदयात्रा कार्यक्रम हस्तान्तरण गरेको छ ।
सो पदयात्रा सामरी, कल्याणपुर, देउडी, राइसिंगे, बगुवा बजार हुँदै शुभघाट पुग्नेछ । पृथ्वीनारायणकालीन सैन्य वस्त्र लगाएर हिँडेको सो पदयात्राका सहभागी सैनिकले बन्दूक र बाजा पनि बोकेका छन् ।
सोमबार बिहान साततले दरबार, बेलुका ककनी तथा मङ्गलबार काठमाडौँ र नुवाकोटको सीमाना ओखरपौवामा संसद् गणलाई पदयात्रा हस्तान्तरण हुने गणपति उदयबहादुर लामिछानेले बताए ।
पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौँसम्म हिँडेको बाटो भएर यात्रा गर्दै सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी हुन पुग्नेछन् । रासस































प्रतिक्रिया