वासिङ्टन ।
अमेरिकाले ३ हजार सेना मध्यपूर्वी क्षेत्रका लागि पठाउँदैछ । इरानी फौजका कमाण्डर कुसाम सोलेमानीको हत्या लगत्तै अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिकी सेनाको हवाइ हमलाबाट इरानी सेनाको क्वीड्स फोर्सका प्रमुख सोलेमानी इराकको बगदादमा मारिएका थिए ।
उनीसँगै पपुलर मोबिलाइजेशन फोर्सका कार्यवाहक कमाण्डर अबु महदी अल मुहन्दिस पनि मारिएका थिए । यही साता कुवेतमा अमेरिकाले पठाएको ७ सय ५० फौजसँगै शनिबार पठाइएका सेना सामेल हुने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
इराकमा अमेरिकी दूतावासमा प्रदर्शन बढेपछि अमेरिकाले ती सेना पठाएको थियो । हालै इरानी कमाण्डर मारिएपछि फेरि ३ हजार भन्दा बढी सेना पठाएको हो । इरानमा भने अमेरिकाविरोधी प्रदर्शन जारी छ । अमेरिकाविरुद्ध नारावाजी गर्दै उसको पछिल्लो आक्रमणको चर्को विरोध भएको हो ।
अन्नपूर्णबाट































प्रतिक्रिया