काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । शनिबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य रहेकालाई नै नदोहो¥याउने निर्णय गर्दै नयाँ अनुहार पठाउने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकमा हाल सदस्य रहेकालाई नै दोहो¥याउने वा नदोहो¥याउने भन्ने विवाद पार्टीमा रहेको थियो ।
राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक÷अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।
यादव र सिंह दुबै जना पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । दुबै जना सप्तरी निवासी हुन् । यसअघि तीन दिनदेखि जारी बैठकमा विभिन्न नाममा छलफल भइरहेको भए पनि अन्ततः यादव र सिंहलाई नै उम्मेदवार बनाउने निर्णय भएको छ । यादव संयोजक महतो निकटका हुन् भने सिंह अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी निकटका नेता हुन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले प्रदेश २ तर्फको चार सिटमा दुई÷दुई सिट लिने र एकअर्कालाई सहयोग गर्ने सहमति २ पुसमा नै गरिसकेका छन् ।
यसैगरी, समाजवादी पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले अहिले भएका सदस्यलाई नै दोहो¥याउने निर्णय गरेको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले दलितबाट सदस्य भएका रामपृत पासवानलाई नै पुनः उम्मेदवार बनाउने निर्णय भएको बताए ।
अन्य समूहबाट हुने उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी समाजवादी पार्टीका बीचमा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति शुक्रबार नै भएको छ ।
राजधानीबाट





























प्रतिक्रिया