फास्ट ट्रयाकको प्रगति १६ प्रतिशत

फास्ट ट्रयाकको प्रगति १६ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्गको भौतिक प्रगति १५ दशमलव ८६ प्रतिशत सम्पन्न भएको जनाएको छ ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समुन्वय समितिमा भएको छलफलमा सेनाले यो आर्थिक वर्षमा भौतिक प्रगति १५ दशमलव ८ प्रतिशत र वित्तिय प्रगति १ दशमलव २० प्रतिशत रहेको जनाएको हो । आयोजना उपप्रमुख विकास पोखरेलले रनिङ बिलहरु फिल्डमा पठाउन बाँकी रहेको र एक महिनाभित्रै सबै भुक्तानी हुने बताए ।

द्रुतमार्ग अन्तर्गत खोकनामा ३ रोपनी ४ आना जग्गाको मुआब्जा वितरण भइसकेको छ भने बुङ्मतीमा ८ रोपनी ४ आना अधिग्रहण गरी मुआब्जा वितरण गरीएको छ । नयाँ जग्गाका लागि ३० दिनको सूचना जारी गरिएको सेनाले जनाएको छ ।

Skip This
Skip This
Logo