यी हुन् नेकपाका राष्ट्रिय सभाका १६ उम्मेदवार

यी हुन् नेकपाका राष्ट्रिय सभाका १६ उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि  नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १६ जनालाई उम्मेदवार तोकेको हो । नेकपाले प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ।

त्यस्तै प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा स्थायी समिति सदस्य बेदुराम भुसाललाई उम्मेदवार बनाएको छ।

गण्डकी प्रदेशबाट सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै महिलातर्फबाट  भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । त्यस्तै प्रदश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ भने प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेदवार भएका छन्।त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार भएका छन् ।

Logo