काठमाडौं ।
नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग भेटी सरकारले व्यावसायिक क्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्देश्यले ल्याएको भेइकल कन्साइनमेन एण्ड ट्रेकिंग सिस्टमको कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ ।
पौष १६ गते नाडा प्रतिनिधि मण्डलले मुलतः अटोमोवाइल व्यवसायीहरुमा भिसिटिएसबारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएका कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकसँग छलफल गरेको थियो । सो छलफलका क्रममा महानिर्देशक मैनालीले यो प्रणाली व्यवसायीहरु कै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताए ।
उनले यो छुट्टै कर प्रणाली नभएको र व्यवसायमा पारदर्शिता भएपछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरु कै सहजताको लागि असोेज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको थियो ।
सोहि छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भिसिटिएसबारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको बताए । महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराएका थिए ।































प्रतिक्रिया